काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने वा प्रतिवन्ध लगाउने सरकारको कुनैपनि प्रयास सफल हुन नदिने बताउनुभएको छ ।
आईतवार काठमाडौंमा अयाोजित एक कार्यक्रममा बोल्दै सांसद महरले विद्यार्थी आन्दोलन लोकतन्त्रको पहरेदार भएको बताउनुभएको हो । उहाँले विद्यार्थी संगठनलाई खारेज गर्नेकुरा ‘बेतुका’ भएको टिप्पणी गर्नुभयो । वर्तमान सरकार अलोकतान्त्रिक, अराष्ट्रिय र आयातीत रहेको बताउनु भयो । वर्तमान सरकारलाई नेपालको राष्ट्रियता र स्वाधीनताप्रति कुनै माया नभएको बताउनु भयो । उहाँले सरकारले ल्याएको शासकीय सुधारको बुँदा नम्बर ८६ मा विद्यार्थी संगठन खारेजीको आशय लुकेको भन्दै त्यसको भोलिपल्टै देश ठप्प पार्नुपर्नेमा विद्यार्थी नेतृत्व अझै किन मौन रहेको भनी प्रश्न समेत गर्नुभयो ।
सांसद महरले भन्नुभयो, ‘यो सरकार अलोकतान्त्रिक, अराष्ट्रिय र आयातीत छ। यसलाई नेपालको राष्ट्रियता र स्वाधीनताप्रति कुनै माया छैन । तपाईंहरू सडक तताउनुस्, हामी सबै मोर्चाबाट साथ दिन्छौँ । आवश्यक प¥यो भने यो सांसदको लोगो फुकालेर तपाईंहरूसँगै सडकमा आउन म तयार छु ।’
उहाँले गणतन्त्र ल्याउन राजनीतिक दलभन्दा अगाडि विद्यार्थीले रगत बगाएको स्मरण गराउँदै अहिलेको व्यवस्थामा विद्यार्थी आन्दोलनलाई नै काम नलाग्ने बनाउन खोज्नु स्वीकार्य नहुने बताउनु भयो । संविधानको धारा ३१ मा उल्लेखित शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनलाई मुख्य आन्दोलनको एजेण्डा बनाउन उहाँले विद्यार्थीलाई सुझाउनु भयो । विद्यार्थी आन्दोलन किन सुस्ताएको छ भन्ने प्रश्न गर्दै महरले नेतृत्वलाई आत्मसमीक्षा गर्न आग्रह गर्नुभयो । महरले विद्यार्थी संगठनहरूले आफूलाई परिवर्तित सन्दर्भमा अपडेट गर्दै लैजानुपर्ने तर यसको अस्तित्वमाथि नै धावा बोल्नेलाई नछाड्ने दृढता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ बैशाख २०८३, २० : ४५
लेखकबाट थप