राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाली सभामुखबीच संसदीय सहकार्यबारे छलफल

सफल खबर संवाददाता

आइतबार, ०६ बैशाख २०८३, २१ : २८
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाली सभामुखबीच संसदीय सहकार्यबारे छलफल

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच भेटवार्ता सम्पन्न भएको छ। उनीहरू टर्कीको इस्तानबुलमा आयोजित अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५२औँ महासभामा सहभागी हुने क्रममा आमनेसामने भएका हुन्।

दाहालको सचिवालयका अनुसार उक्त भेटमा नेपाल-अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध, साझा हितका विषय तथा संसदीय तहमा सहकार्य विस्तारका सम्भावनाबारे विचार आदानप्रदान भएको थियो। नेपालले विकास तथा समृद्धिको यात्रामा अष्ट्रेलियाबाट प्राप्त सहयोगलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा सहकार्यलाई थप सुदृढ बनाउन अध्यक्ष दाहालले आग्रह गरेका थिए।

प्रतिस्पर्धी सभामुख डिकले दुई देशबीचको सम्बन्ध ऐतिहासिक रूपमा मैत्रीपूर्ण रहेको उल्लेख गर्दै संसदीय तहको सहकार्यले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।

उक्त भेटमा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाया, डा. अञ्जान शाक्य तथा राष्ट्रियसभा सचिव तुलबहादुर कँडेललगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस