काठमाडौँ । नेपाली काँग्रेसका प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले आफ्नो पदबाट राजीनामा दिएका छन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरे लगत्तै मन्त्री बन्ने अपेक्षामा रहेका कुँवरले असन्तुष्टिको संकेतस्वरूप पदत्यागको निर्णय लिएका हुन्।
उनले सभामुखलाई सम्बोधन गर्दै लिखित राजीनामा पेश गरेको जनाइएको छ।
बागलुङ निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित कुँवरले आफूलाई निर्वाचित गराउन भूमिका खेलेका मतदाता तथा समर्थकहरूप्रति आभार व्यक्त गरेका छन्। उनले आफ्नो राजीनामा आज (बुधवार)बाटै लागू हुने गरी पेश गरेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ बैशाख २०८३, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
कांग्रेसको अनुशासन समितिको बैठक बस्दै
काँग्रेसद्वारा केन्द्रीय अनुशासन समितिको बैठक आह्वान
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी नयाँ आवेदन प्रक्रिया अनलाइन माध्यमबाट सुरु
कांग्रेसले बोलायो विपक्षी दलको बैठक