चितवनमा ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा

सफल खबर संवाददाता

शनिबार, ०५ बैशाख २०८३, १३ : ०७
चितवनमा ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा

चितवन ‌। चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार पवन गिरी २०८२ साल चैत महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित भएका छन्।

उनले बैंकिङ कसुर मुद्दामा १ करोड १३ लाख बिगो कायम भई फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न सफल हुनुका साथै फरार अभियुक्त पक्राउ, 1X-bet लगायत अनलाइन जुवातास नियन्त्रण, अवैध मसाज तथा स्पा सेन्टर नियन्त्रण तथा लागुऔषध विरुद्धका गतिविधिमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

संगठनको नीति निर्देशन अनुसार दिइएको जिम्मेवारी बफादारी, लगनशीलता र अनुशासनका साथ उत्कृष्ट ढंगले कार्यसम्पादन गरेको मूल्याङ्कनपछि “उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०७९” बमोजिम उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

प्रतिक्रिया दिनुहोस