काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेड र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । हस्ताक्षर प्रश्चात, डिजिटल माध्यमबाट वित्तीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्य राखी डिप्रोक्स नेपालले सञ्चालन गर्नेे कार्यक्रममा बैंकको सहभागिता रहनेछ ।
त्यस्तै, परियोजनाअन्तर्गत लुम्बिनी प्रदेशका दाङ, रोल्पा र रुकुम–पूर्व जिल्लाहरुको शान्तिनगर, दंगीशरण, त्रिवेणी, रुन्टीगढी, परिवर्तन, थबाङ्ग; भूमे र पुथाउत्तरगंगा गरी ८ स्थानीय तहहरुमा बेलायत स्थित प्राक्टिकल एक्सन र डिप्रोक्स नेपालको साझेदारीमा सञ्चालन हुने कार्यक्रमा पनि बैंकको सहभागिता हुनेछ ।बैंकसँगको सहकार्यमा हुने डिजिटल कारोबारले परिलक्षित समुदायको समय, श्रम र खर्चमा बचत हुने विश्वास छ ।
यस परियोजनामा आवद्ध घरधुरीहरु तरकारी, दुग्ध उत्पादन, ओखर, सुन्तला खेती र बाख्रापालन व्यवसायमा संलग्न छन् ।परियोजनामा आवद्ध ५,५०० घरधुरी मध्ये ८० प्रतिशत सहभागीहरु महिला हुनेछन् भने बाँकी २० प्रतिशत विभिन्न सीमान्तकृत परिवारबाट हुनेछन् । यसै भित्रबाट ३ प्रतिशत समुदाय अपाङ्ग घरपरिवार पनि हुने हुँदा परियोजनाले परिलक्ष्यित समुदायमा समावेशी वित्तीय पहुँच स्थापित हुने विश्वास बैंकले लिएको छ ।
साथै, यी क्रियाकलापमा सहजीकरण गर्न परियोजनाले ८० जना महिला डिजिटल च्याम्पियनहरु परिचालन गरी बैंकसँगको सहकार्यमा वित्तीय शिक्षा, डिजिटल साक्षरता, महिला सशक्तीकरणका तालिम सञ्चालन गरी मोबाइल बैकिङ्ग, डिजिटल बैंकिङ्ग, कृषि ऋण र समावेशी वित्तीय पहुँचका लागि योगदान हुने विश्वास बैंकले लिएको छ ।
बैंकले समय सापेक्ष रूपमा विभिन्न संघ–संस्थाहरुसँग यस किसिमका सम्झौताहरू गरी आर्थिक गतिविधिहरुमा आफ्नो अग्रसरता जनाउँदै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिंङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
ग्लोबल आइएमई बैंकले गर्यो ८ प्रतिशत नगद लाभांश घोषणा
ग्लोबल आइएमई बैंकले जित्यो अवार्ड