बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा गहिराइ अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउने बताएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा पौडेलले सुन तस्करी प्रकरणमा भरियालाई देखाएर उम्किन नमिल्ने भन्दै गहिराइमा गएर अनुसन्धान हुनुपर्ने बताएका हुन् ।
‘सुन प्रकरण हलुका विषय हैन, गृह र अर्थ मन्त्रालयलाई थाहा नभई त्यति धेरै सुन कसरी बाहिरियो ?’ पौडेलले भने, ‘भरियाको टाउकोमा दोष थोपरेर उम्कन मिल्दैन, यसको गहिराइमा पुगेर अनुसन्धान नभए हामीले नै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउन सक्छ ।’
भ्रष्टाचारविरुद्ध पार्टीले आक्रामक ढंगले आवाज नउठाए जनताले साथ नदिने उनको भनाइ छ ।
संघीयता खर्चिलो र बोझिलो भएको भन्दै उनले केन्द्रदेखि प्रदेशसम्मका सांसद र मन्त्री तथा कर्मचारीको संख्या घटाउनुपर्ने समेत बताए । ‘संघीयता असाध्यै खर्चिलो र बोझिलो भएको छ, यसले संघीयता बलियो र दिगो हुन्न त्यसैले म सहित केही साथीहरुले संघीय संसद २०१ सदस्यीय, राष्ट्रिय सभा ३५ सदस्यीय, संघीय मन्त्रिमण्डल १५ जनाको र प्रदेश मन्त्रिमण्डल ५ जनाको हुनुपर्छ भन्ने प्रस्ताव पार्टीमा राखेका छौं ।’
संघीयतालाई बलियो र दिगो बनाउने भए सांसद, मन्त्री र कर्मचारीको संख्या घटाउनैपर्ने उनको धारणा छ । ‘संघीयतालाई चुस्त र छरितो बनाउन पहिला सांसद र मन्त्रीको संख्या घटाउने, त्यसपछि कर्मचारीको संख्या घटाउनपर्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ साउन २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : प्रदीप पौडेल
रास्वपालाई प्रदीप पौडेलको प्रश्न- निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन ?
कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेको छैन : प्रदीप पौडेल
शिक्षामा राज्यको लगानी परिणाममुखी हुनुपर्छ : प्रदीप पौडेल
काँग्रेसले एमालेसँग सहकार्य गर्न लागेको भन्ने हल्लामात्रै : प्रदीप पौडेल
सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ : नेता पौडेल