काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन् ।
काठमाडौं-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका पौडेलले शनिबार भिडियो सन्देश जारी गर्दै देशभरबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले ऊर्जा प्राप्त भएको उल्लेख गरेका छन् ।
‘देशभरका साथीहरू र मतदाताले फोन गरेर तपाईंहरूले कांग्रेस रूपान्तरण गर्नुभयो । अब देश रूपान्तरण गर्ने प्रक्रियामा अझ उत्साहजनक तरिकाले अगाडि बढ्नुस् भनेको विषयले अझ उत्साही बनाएको छ’, उनले भनेका छन् ।
महामन्त्री पौडेलले देशैभर छरिएर रहेका पार्टीका नेता–कार्यकर्ताहरूलाई मतदातामाझ पुग्न आग्रह पनि गरेका छन् । उनले राजनीतिका तमाम विकृति सफा गर्ने र नयाँ ढंगले अघि बढ्ने विश्वास दिलाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ फागुन २०८२, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एक पटक वडास्तरमा अद्यावधिक गरेपछि सदस्यता बारम्बार नवीकरण गर्न नपर्ने’ : प्रदीप पौडेल
सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल
‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’: प्रदीप पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री