बुलढाना । महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्गमा शनिबार बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । २१ जना घाइते छन् ।राष्ट्रिय राजमार्गमा आरामदायी वर्गका दुई बस एकापसमा ठोक्किँदा उक्त हताहती भएको जिल्ला प्रहरी कार्यालयका अधिकृत एचपी तुम्मोडले बताए ।
अधिकृत तुम्मोडका अनुसार दुर्घटनामा पाँचजनाको घटनास्थलमै र एक यात्रीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । अरू घाइते यात्रीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बुलढाना जिल्लाको मलकापुर नगरस्थित रहेको रेलवे पुलमा अमरनाथ यात्राबाट हिंगोलीतर्फ गइरहेको बस र नागपुरबाट नासिकतर्फ गइरहेको अर्को बस एकापसमा ठोक्किएका थिए । दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ साउन २०८०, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?