बुलढाना । महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्गमा शनिबार बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । २१ जना घाइते छन् ।राष्ट्रिय राजमार्गमा आरामदायी वर्गका दुई बस एकापसमा ठोक्किँदा उक्त हताहती भएको जिल्ला प्रहरी कार्यालयका अधिकृत एचपी तुम्मोडले बताए ।
अधिकृत तुम्मोडका अनुसार दुर्घटनामा पाँचजनाको घटनास्थलमै र एक यात्रीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । अरू घाइते यात्रीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बुलढाना जिल्लाको मलकापुर नगरस्थित रहेको रेलवे पुलमा अमरनाथ यात्राबाट हिंगोलीतर्फ गइरहेको बस र नागपुरबाट नासिकतर्फ गइरहेको अर्को बस एकापसमा ठोक्किएका थिए । दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ साउन २०८०, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’