खाद्यजन्य जोखिम न्यूनीकरणका लागि जनस्वास्थ्य सुधारमा मन्त्री मेहताको जोड

सफल खबर संवाददाता

आइतबार, २४ जेठ २०८३, १४ : ४५
खाद्यजन्य जोखिम न्यूनीकरणका लागि जनस्वास्थ्य सुधारमा मन्त्री मेहताको जोड

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खाद्यजन्य रोगहरू अहिले पनि गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सुधारका कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन्।

विश्व खाद्य स्वच्छता दिवसका अवसरमा जारी शुभकामना सन्देशमार्फत उनले सुरक्षित र स्वच्छ खानपानको सुनिश्चितताबाट जनस्वास्थ्य सुदृढ बनाउने दिशामा सरकार निरन्तर सक्रिय रहेको उल्लेख गरेकी छन्।

मन्त्री मेहताले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई विशेष प्राथमिकता दिइएको जनाउँदै खाद्य परीक्षण प्रयोगशालाको क्षमता अभिवृद्धि, जोखिमका आधारमा बजार अनुगमन तथा आवश्यक नीतिगत सुधारका कार्यक्रमलाई समेत तीव्रता दिइने बताएकी छन्।

प्रतिक्रिया दिनुहोस