चितवन। भरतपुर महानगरपालिकाले शैक्षिक सत्र २०८०\०८१ मा कक्षा ११ अध्ययन गर्ने २८३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।अनलाइन आवेदनको आधारमा ८१९ विद्यार्थीबाट २८३ जना छनोट गरी सो छात्रवृत्ति प्रदान गर्न लागेको हो ।
महानगरपालिकाभित्र सञ्चालित क्याम्पसहरुमा अध्ययन गर्न छात्रवृत्ति नतिजा प्रकाशन गरिएको महानगरले जनाएको छ । शैक्षिक सत्र २०८०\०८१ का लागि छात्रवृत्ति आवेदन दिएका ८१९ जना मध्ये २८३ जना छनौट गरिएको भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले बताए । जसमध्ये विज्ञान संकायमा १५३ जना र अन्यमा १३० जनाले छात्रवृत्ति पाएका छन् ।
भरतपुरका २९ वटा कलेजहहरुमा छात्रावृत्ति पाएका विद्यार्थीहरुले शतप्रतिशत निःशुल्क अध्ययन गर्न पाउने छन् । जसमध्ये अरोमा कलेजमा ३९ जना, अर्किड कलेजमा ३१ जना, वाल्मीकि कलेजमा २६ जना, सप्तगण्डकी कलेजमा २१ जना, नारायणी पब्लिक स्कुलमा २१ जना गरी २८३ जनाले छात्रवृत्ति पाएका छन् ।
संस्थागत विद्यालय तथा कलेजहरुले भर्ना भएका विद्यार्थीहरु मध्ये १० प्रतिशतलाई अनिवार्य रुपमा छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । एसईईमा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए)लाई नै मुख्य आधार बनाएर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिएको हो ।
विज्ञान संकायमा छात्रवृत्तिका लागि विज्ञान, गणित र अंग्रेजीमा विद्यार्थीले प्राप्त गरेको जीपीएलाई आधार मानिएको थियो भने अन्यमा गणित, अंग्रेजी, नेपाली र सामाजिक विषयको जीपीएलाई आधार बनाएर नतिजा सार्वजनिक गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
त्यसमा पनि जेहेन्दार ३७ प्रतिशत, गरिब तथा विपन्न ३६ प्रतिशत, आदिवासी जनजाति १० प्रतिशत, दलित ५ प्रतिशत, अपाङ्गता भएका र जनआन्दोलन घाइतेका सन्ततीलाई समान ३÷३ प्रतिशत, सहिद, बेपत्ता परिवार र मधेस आन्दोलन घाइते सन्ततीलाई समान २÷२ प्रतिशतका आधारमा छनौट गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ साउन २०८०, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान