काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश नगरेको बताएका छन ।
सोमबार बसेको केन्द्रिय समितिको बैठकमा बोल्दै उपसभापति खड्काले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेसले सरकारसँग आफ्ना एजेण्डालाई सम्झौता गरेर अघि नबढ्ने पनि बताए ।
उनले गठबन्धनको सीमा पनि बुझेको उल्लेख गर्दै गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित कांग्रेस सरकारमा गएको स्पष्ट पारे। उनले गठबन्धनलाई ५ वर्ष लिएर जानुपर्ने र ५ वर्षमा सरकारले आर्थिक अवस्थाअनुसारको जनतालाई दिनुपर्ने सेवाका सन्दर्भमा पनि स्पष्ट रहेको बताए ।
उपसभापति खड्काले नेपाली कांग्रेसभित्र भावनात्मक सम्बन्ध कमजोर बन्दै गएको पनि बताए । उनले समाजवादी मोर्चा कांग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराएर नै भएको बताए । कांग्रेस केन्द्रिय समितिको बैठक साउन १० गते साँझ ४ बजे बस्नेगरी आजका लागि स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ साउन २०८०, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्र संवादहीनता र सदस्यता विवादप्रति पूर्णबहादुर खड्काको आपत्ति
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने