काठमाडौँ । महोत्तरीको जलेश्वरमा नेपाल प्रहरीका नायव निरीक्षक (डीएसपी) चन्देश्वर यादवमाथि आक्रमण भएको छ ।
धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत यादवमाथि जलेश्वर नगरपालिका–२ बसपार्कस्थित विद्यापति नगरमा कुटपिट भएको बताइएको छ ।
घटना बिहिबार राति १० बजेको हो । डीएसपी यादवले आफूमाथि आक्रमण भएको भनेर जानकारी गराएको मधेस प्रदेशका डीआईजी जनक भट्टराईले बताए । उनले भने, ‘सत्यतथ्य छानबिन गर्न समिति बनेको छ, समितिले छानबिन गर्दै छ ।’
डीआईजी भट्टराईले घटना छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयका एसपी महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका छन् । आक्रमणबाट डीएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ । उनी उपचारका लागी काठमाडौंमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ साउन २०८०, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा अल जजीराका पाँच पत्रकारको मृत्यु
कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृत्यु
युक्रेनको राजधानी किभमा रुसको भीषण आक्रमण
इजरायली सेनाको आक्रमणमा ६७ जनाको मृत्यु
इजरायलको आक्रमण : गाजामा ७८ जना मारिए
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण