काठमाडौ । सेयर बजारमा सकारात्मक माहोल जारी रहेको छ । बुधबार नेप्से सूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा आएको छ । ३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
विशेषगरी वाणिज्य बैंकहरुको सेयर भाउ बढेपछि यसले समग्र नेप्से सूचकलाई माथि लैजान सहयोग पुगेको हो । यसअघि बैंकहरु चलेकै थिएनन् । तर एक–दुईयता यस समूहमा पनि चमक देखिएको छ । अरु कपितय समूहरुमा करेक्सन भइरहँदा बैंकिङले बजारलाई तानिरहेको छ ।
अधिकांश बैंकहरुको सेयर भाउ अहिले पनि २ सय रुपैयाँभन्दा तल छ । यसलाई तुलनात्मकरुपमा सुरक्षित क्षेत्र पनि मानिन्छ । यसअघि नबढेको, भाउ सस्तो अनि चौथो त्रैमासको रिपोर्ट पनि सकारात्मक आउन सक्ने अपेक्षामा लगानीकर्ता यसतर्फ लागेको अनुमान गरिएको छ ।
यस दिन २६० कम्पनीको ८६ लाख ७४ हजार कित्ता सेयर कारोबार भएको छ । २३ करोड ५७ लाख रुपैयाँसहित कारोबार रकममा युनाइटेड अजोड इन्स्याेरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट्स परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ साउन २०८०, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार