गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुराना दलका नेताहरूले पटक–पटक गरेको गल्तीलाई साथ दिन नसकिने बताएका छन् । पालुङटार नगरपालिका–१ खोप्लाङस्थित ज्योर्ती चौतारामा भएको वृक्षारोपण कार्यक्रमलाई सम्बोधनका क्रममा भट्टराईले ठूला नेता आएर प्रतिनिधित्व गरिसकेपछि तीव्र रूपमा काम होला भन्ने सोचे पनि त्यस्तो हुन नसकेको बताएका हुन् ।
‘हामीले जसलाई अत्यन्त सदभाव राखेर यो ठाउँमा लिएर आएर, जिताएर पठायौँ । उहाँमा ‘जुन हातले खुवायो, त्यही हात टोक्ने’ भन्ने उखानको जस्तो प्रवृत्ति देखियो,’ अध्यक्ष भट्टराईले भने,‘देश र जनताको यत्रो समस्या छ, पूर्वाधारका काम पूरा गर्न बाँकी छन्, विकासको सपनामा यत्रो आकांक्षा छ, युवाहरू रोजगारीको अभावमा विदेश पलायन भएको भयै छन्, ठूला नेता आएर यहाँ प्रतिनिधित्व गरिसकेपछि काम तीव्रतामा जाला भन्ने अपेक्षा थियो, त्यतापट्टि ध्यान छैन, सत्ता बनाउन र चलाउन, चलखेल गर्न, बिचौलियाको जालमा फस्ने उहाँहरूको संकेत देखिरहेको छु, यो अन्त्यन्त गम्भीर छ ।’ गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दाहाल गोरखा–२ बाट प्रतिनिधिसभामा विजयी भएका हुन् । दाहाललाई उम्मेदावार बनाउन र जिताउन भट्टराई आफैं लागेका थिए ।
सुशासन र समृद्धिको नेतृत्व गर्ने, हरित विकास, दिगो विकास, समावेशी मोडेल निर्माण गर्ने ढंगबाट सुरुवात गर्न भनेर अघि बढेको उनले बताए । ‘गोरखामा पनि मिलेर जाने वातावरण बनोस्, तीन पटक जितिसकेपछि पटक–पटक फेरि सत्तामा गइराख्न आवश्यक हुँदैन भनेर स्वेच्छिक ढंगले अरु साथीलाई अवसर दिनुपर्छ भनेर गत वर्षको चुनाव लडिनँ, अर्का एक जना साथीलाई लेराएर जिताएर पठायौँ,’ उनले भने,‘दुःखका साथ के भन्नुपर्छ भने जुन एउटा सपनासहित हामीले सुरुवात गरेका थियौ, देश त्यो दिशातर्फ गइराखेको छैन ।’
राजनीति सेवाको साधन भएको पनि भट्टराईको भनाइ छ । सत्तामा नभए पनि जनताको सेवा गर्न सकिने उनले बताए । ‘नेताहरू खाली सरकारमा जाने, सांसद हुने, कमिसनखोरबाट पैसा लिने, त्यसलाई कमाएर तिर्दैमा समय जाने, सरकारमा गएर पनि त्यही प्रवृत्ति बढ्यो,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ साउन २०८०, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई
डा. बाबुराम भट्टराईलाई पितृशोक
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
चुनाव लड्दिनँ भनेका बाबुरामले फेरि किन रोजे गोरखा क्षेत्र नम्बर २ ?