काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको नगराइन नगरपालिका वडा नं. २ का अध्यक्ष बुलन यादव र वडा सचिव अमृतनारायण मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका उनीहरू विरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार वडाअध्यक्ष यादव र सोही वडाका सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो ।अनुसन्धानका क्रममा आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट लिएको ७० हजार रुपैयाँ घुस/रिसवत रकमसहित नियन्त्रणमा लिएको थियो ।
उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायको समेत मागदाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८०, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ