काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र र संविधानको चरिहरण भएको टिप्पणी गरेका छन् । पोखरेलले आज सामाजिक सञ्जालमा आफ्नो भनाई सार्वजनिक गर्दै प्रदेश सरकार निर्माणमा सभामुखको हस्ताक्षर दूरुपयोग गरिनु दूभाग्यपूर्ण भएको बताएका छन् ।
कोशी प्रदेको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको नियुक्ति पछि राजनीतिक बृतमा तरंग उत्पन्न भएको छ । गत असार १५ गते निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले पाँच दिनको समय दिएर दलहरुलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमत जुटाएर दाबी पेस गर्न आव्हान गरेका थिए ।
प्रदेश प्रमुख परशुराम खापुङको आव्हान बमोजिम बहुमत जुटाउन असफल भएपछि सत्तारुढ गठबन्धनका नेताहरुले सभामुख बाबुराम गौतमलाइ समेत जोडेर बहुमत पुरर्याएपछि प्रदेशप्रमुख खापुङले कांग्रेस नेता थापालाई नयाँ मुख्यमन्त्री नियुक्त गरेका थिए ।
उनले लेखेका छन् ‘प्रधानमन्त्री भारत भ्रमणमा उड्ने बेलामा मन्त्रिपरिषदको निर्णयका आधारमा निष्कृय बनेको नागरिकता विधेयक प्रमाणिकरणगर्ने राष्ट्रपतिको कदम, आफुलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र, संविधान र लोकतन्त्रको चीरहरणगर्ने घटनाहरु हुन्। राष्ट्रको गरिमा, संविधान र लोकतत्रको रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरु गम्भीर हुनुपर्यो’ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८०, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल