एजेन्सी । अमेरिकाको बाल्टिमोरमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा २ जनाको मृत्यु भएको छ ।
घटनामा २८ जना घाइते भएका छन् । बाल्टिमोरको सडकमा आयोजना गरिएको सामुदायिक समुहको सडक महोत्सवमा अन्धाधुन्ध गोली प्रहार गरी आक्रमणकारी फरार भएका छन् ।
गोली लागि घाइते भएका मध्ये ९ को अवस्था गम्भीर रहेको बताइएको छ । गोली प्रहार गर्ने अभियुक्तको ब्यापक खोजी जारी छ । यसैबीच बाल्टिमोरका मेयर ब्रान्डन स्कटले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानूनी दायरामा ल्याईछाड्ने प्रण गरेका छन् । उनले अभियुक्तले कुनै पनि हालतमा उन्मुत्ति नपाउने भन्दै छिट्टै कानुनी दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अमेरिकामा बन्दुक राख्न पाउने प्रावधानका कारण बारम्बार यस्ता गोलीकाण्डका घटना घट्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १७ असार २०८०, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण