एजेन्सी । अमेरिकाको बाल्टिमोरमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा २ जनाको मृत्यु भएको छ ।
घटनामा २८ जना घाइते भएका छन् । बाल्टिमोरको सडकमा आयोजना गरिएको सामुदायिक समुहको सडक महोत्सवमा अन्धाधुन्ध गोली प्रहार गरी आक्रमणकारी फरार भएका छन् ।
गोली लागि घाइते भएका मध्ये ९ को अवस्था गम्भीर रहेको बताइएको छ । गोली प्रहार गर्ने अभियुक्तको ब्यापक खोजी जारी छ । यसैबीच बाल्टिमोरका मेयर ब्रान्डन स्कटले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानूनी दायरामा ल्याईछाड्ने प्रण गरेका छन् । उनले अभियुक्तले कुनै पनि हालतमा उन्मुत्ति नपाउने भन्दै छिट्टै कानुनी दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अमेरिकामा बन्दुक राख्न पाउने प्रावधानका कारण बारम्बार यस्ता गोलीकाण्डका घटना घट्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १७ असार २०८०, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने
संयुक्त राष्ट्रसंघकी विशेषज्ञमाथि अमेरिकाको प्रतिबन्ध