काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताप्रति उत्तरदायी र जवाफदेहितालाई पथ प्रदर्शकको रूपमा लिनुपर्नेमा जोड दिएका छन् ।
संसद् दिवस २०८० को अवसरमा शुभकामना दिँदै उनले बहुदलीय व्यवस्थामा राजनीतिक दल नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको बताएका छन् ।
“राजनीतिक दलहरूको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसद्को गतिशीलता र क्रियाशीलता निर्भर रहन्छ,” उनले भनेका छन्, “त्यसैले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यहरूबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गर्छु ।”

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८०, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता