काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले योग शिक्षालाई देशले राष्ट्रिय अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग शिक्षालाई देशले राष्ट्रिय नीतिका रूपमा आत्मसाथ गरेर अघि बढ्न आवश्यक रहेको बताए। उनले मानिसले योगलाई आफ्नो जीवनशैलीसँग जोड्नसके मानिस स्वस्थ हुने बताए ।
सांसद पौडेलले स्वास्थ्य बन्न चाहने मानिस योगसँग जोडिन आवश्यक रहेको उल्लेख गरे ।उनले योग शिक्षालाई नेपालको जरा जरासम्म पु¥याउन सक्नुपर्ने बताए । सांसद पौडेलले नेपाली स्वस्थ भएमात्रै नेपाल स्वस्थ हुनसक्ने र नेपाली स्वस्थ हुनका लागि योगसँग जोडिन आवश्यक रहेको बताए । उनले सामाजिक सुरक्षाअन्तर्गत सरकारले उपचारमा सहयोग गर्ने भन्दापनि रोग लाग्नै नदिने उपायको खोजी गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८०, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको पहल
खेलबाट स्वास्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल
गम्भीर दीर्घरोगीको प्रशामक सेवाका लागि रणनीति स्वीकृत
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गरिँदै
सबै अस्पतालमा पादर्शिता र सेवामा एकरुपता ल्याउन विधेयक ल्याउने तयारी
निजी मेडिकल कलेजलाई कुनै पनि सहयोग नहुने स्वास्थ्य मन्त्रीको चेतावनी