काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले योग शिक्षालाई देशले राष्ट्रिय अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग शिक्षालाई देशले राष्ट्रिय नीतिका रूपमा आत्मसाथ गरेर अघि बढ्न आवश्यक रहेको बताए। उनले मानिसले योगलाई आफ्नो जीवनशैलीसँग जोड्नसके मानिस स्वस्थ हुने बताए ।
सांसद पौडेलले स्वास्थ्य बन्न चाहने मानिस योगसँग जोडिन आवश्यक रहेको उल्लेख गरे ।उनले योग शिक्षालाई नेपालको जरा जरासम्म पु¥याउन सक्नुपर्ने बताए । सांसद पौडेलले नेपाली स्वस्थ भएमात्रै नेपाल स्वस्थ हुनसक्ने र नेपाली स्वस्थ हुनका लागि योगसँग जोडिन आवश्यक रहेको बताए । उनले सामाजिक सुरक्षाअन्तर्गत सरकारले उपचारमा सहयोग गर्ने भन्दापनि रोग लाग्नै नदिने उपायको खोजी गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८०, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सरकारको ‘सय दिनमा सय काम’ नारामै सीमित भयो’ : प्रदीप पौडेल
‘एक पटक वडास्तरमा अद्यावधिक गरेपछि सदस्यता बारम्बार नवीकरण गर्न नपर्ने’ : प्रदीप पौडेल
सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल
‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’: प्रदीप पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता