सुर्खेत । कर्णाली प्रदेशका सबै मन्त्रालयको एकीकृत तथा आधुनिक भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को लागि आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रस्तुत गरेको वार्षिक बजेट तथा कार्यक्रममा शहरी विकास योजनालाई समेटिएको हो । बजेटमा विपन्नको घर निर्माण कार्यक्रम, जनता आवास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
वातावरण अनुकुल, अपाङ्गमैत्री भवन निर्माणका लागि कानून तथा मापदण्ड तर्जुमा गर्न आवश्यक रकम बजेट विनियोजन गरिएको मन्त्री सिंहले बताए । जलवायु परिवर्तनबाट हुने विपदलाई कार्यान्वयन गर्दै हिमाली संकटग्रस्त क्षेत्र घोषणा भएका चार जिल्लामा एकिकृत वस्ती विकास आयोजनाका लागि बजेट विनियोजन गरिएको छ ।
साथै, डोल्पाको रिग्म बस्ती विकास कार्यक्रम संचालनका लागि १० करोड रुपैँया विनियोजन गरिएको छ भने हुम्लाको सिमिकोट पूर्वाधार विकास गरी नमूना एकिकृत पूर्वाधार विकासका लागि १८ करोड रुपैँया विनियोजन गरिएको छ । जुम्लाको कनकासुन्दरीमा प्रशिक्षण तालिम केन्द्र भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।
साथै, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका लागि १० अर्व ११ करोड ८२ लाख बजेट विनियोजन गरिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री बेदराज सिहंले शुक्रबार प्रदेश सभामामा आर्थिक वर्ष ०८०र०८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
कर्णालीमा माओवादी संसदीय दलको बैठक सुरु
कर्णालीका मुख्यमन्त्री शर्मा राजीनामा नदिने अडानमा कायम
कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु