भरतपुर । भरतपुर महानगरपालिका नगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका सबै वडाहरुलाइ बालमैत्री वडाको रुपमा घोषणा गर्ने तयारीमा रहेको बताएका छन । महानगरका सबै वडाहरुलाइ बालमैत्री वडाको रुपमा घोषणा गर्ने गरि महानगर तयारीमा जुटेको पनि उप प्रमुखले उल्लेख गरे। दियालो परिवार नारायणगढको आयोजना तथा भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा आज नारायणगढमा भएको बालहेल्पलाइन १०९८ को कार्यबिधी २०७६ को बारेमा जनप्रतिनिधि तथा सरोकारवालाहरु सगको गोष्ठीलाई सम्बोधन गर्दै उप प्रमुख अधिकारीले बालबालिकाको सरोकारमा भरतपुर महानगरपालिका दत्तचित्त भएर लागेको प्रष्ट पारे। महानगरपालिकाले आगामी बर्षका लागि बाल अधिकारको क्षेत्रमा उचित बजेट बिनियोजन गर्ने तयारी गरेको समेत बताए ।
बागमती प्रदेश बाल अधिकार परिषद्का सदस्य झपेन्द्र ज्ञवालिले १०९८ बाल अधिकारको क्षेत्रमा निकै प्रभावकारी भएको बताए । बाल हेल्पलाइन प्रत्येक स्थानीय तहलाइ आबश्यक पर्ने भन्दै ज्ञवालिले बाल हेल्पलाइन २५ जिल्लामा पुर्याउने लक्ष्य सरकारले लिएको टिप्पणी गरे। बालबालिकाको आपतकालीन उद्वार,राहत,सरक्षण तथा परामर्श सेवा प्रदान गर्ने उदेश्यले नेपालमा बाल हेल्पलाइन सन्चालनमा आएको हो । २०७६ साल बाट चितवन जिल्लामा दियालो परिवार नारायणगढले बालहेल्पलाइन १०९८ सन्चालनमा ल्याएको थियोे । नेपालमा हाल २० वटा बालहेल्पलाइन सन्चालनमा रहेका छन ।
गोष्ठीमा भरतपुर १ का अध्यक्ष केशब महर्जन,४ का अध्यक्ष अर्पण पोख्रेल, कार्यपालिका सदस्य श्रृजना अधिकारी, वडा सदस्यहरु, अन्य सरोकारवाला निकायका प्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ जेठ २०८०, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना