काठमाडौँ । घोराही सिमेन्टको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन हो । उद्योग प्रभावित क्षेत्रका बासिन्दाले बुधबार कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले १९ वैशाखदेखि प्रिमियममा आईपीओ निष्कासन गरेको हो । यस सिमेन्टले ३ लाख ९७ हजार १९० कित्ता आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ ।
घोराहीले फेस भ्याल्यू १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँको दरले आईपीओ जारी गरेको हो । उक्त उद्योग प्रभावित क्षेत्र दाङ जिल्लाको घोराही उप महानगरपालिका वडा नं १, २, ३, ८, १४, १५, १७, १८ र १९ का बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, दाङ जिल्ला, बंगलाचली गाँउपालिका वडा नं ३, ४ र रोल्पा जिल्लाको त्रिवेणी गाँउपालिका वडा नं ३ र ४ का बासिन्दाहरुको लागि छुट्याएको छ ।
स्थानीय बासिन्दाले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेका छन् । रेटिङ एजेन्सी केयर नेपालले यो आईपीओलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
स्थानीय बासिन्दाले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, घोराही सिमेन्ट इण्डष्ट्री, प्रभु बैंक, कुमारी बैंक, एनएबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ जेठ २०८०, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला
आजदेखि नयाँ आईपीओ खुला
एसवाई प्यानलको आईपीओ आजदेखि बिक्री खुला