काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले विपन्न एवं लक्षित वर्गहरूलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्टाई निःशुल्क उपचार उपलब्ध गराउने सम्बन्धमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
कानुनअनुसार छुट सुविधा उपलब्ध गराउनेतर्फ स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै मेयर बालेनले छुट सुविधा उपलब्ध गराउन अस्पताल प्रशासनलाई सात दिनको समयसीमा दिँदै उक्त चेतावनीसमेत दिएका छन्।
बुधबार बिहान सामाजिक सञ्जाल मार्फत उनले यसबारे जानकारी गराएका हुन् । उनले भनेका छन्–‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरूले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरूलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरू उपलब्ध गराउने सम्बन्धमा यस काठमाडौँ महानगरपालिकाबाट मिति २०८०–०२–०६ गते सार्वजनिक सूचना जारी भैसकेको छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ जेठ २०८०, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोयटर्सले लेख्यो : 'र्यापर बालेन अब नेपालको प्रधानमन्त्री बन्ने दौडमा'
सुदन गुरुङको प्रशंसा गर्दै बालेनले लेखे मध्यरात यस्तो स्टाटस
बालेनको भागमा ४० जना समानुपातिक उम्मेदवार
रविसँग बालेन र कुलमानको आ– आफ्नै प्रस्ताव
बालेन र डा. बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो छलफल ?
बालेन–रवि भेटघाटको रहस्य: राजनीतिक संकेत कि औपचारिक छलफल?