काठमाडौं। गत हप्ता लगातार रुपमा वृद्धि भएको सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ ।
यसअघि कारोबार भएका सातै दिन नेप्सेमा उच्च वृद्धि भई कूल १४० अंकको वृद्धि भएकोमा आज हप्ताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचांकमा १७.३८ अंकको गिरावट आएको छ ।
आइतबार नेप्से १७.३८ अंकले घटेर १९४१.७४ बिन्दुमा झरेको छ । आज ७० लाख ५० हजार कित्ता सेयर कूल २ अर्ब ६३ करोड ९६ लाख बराबरमा कारोबार भएको छ ।
कारोबारमा आएका १७४ कम्पनीको मूल्य घटेको दिन आज ४४ कम्पनीको मूलयमा भने वृद्धि आएको छ । त्यस्तै तीन कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार