काठमाडौं। गत हप्ता लगातार रुपमा वृद्धि भएको सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ ।
यसअघि कारोबार भएका सातै दिन नेप्सेमा उच्च वृद्धि भई कूल १४० अंकको वृद्धि भएकोमा आज हप्ताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचांकमा १७.३८ अंकको गिरावट आएको छ ।
आइतबार नेप्से १७.३८ अंकले घटेर १९४१.७४ बिन्दुमा झरेको छ । आज ७० लाख ५० हजार कित्ता सेयर कूल २ अर्ब ६३ करोड ९६ लाख बराबरमा कारोबार भएको छ ।
कारोबारमा आएका १७४ कम्पनीको मूल्य घटेको दिन आज ४४ कम्पनीको मूलयमा भने वृद्धि आएको छ । त्यस्तै तीन कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार