काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिएका छन। शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन। उनले नक्कली भूटानी शरणार्थीको केस लज्जास्पद विषय भएको र यसले देशको अस्मिता लुटिएको बताए।
उनले अनुसन्धानलाई अन्तिमसम्म लैजान आग्रह गरे । उनले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने बताए । पूर्वप्रधानमन्त्री खनालले अनुसन्धानमाथि हस्तक्षेप गरे नेपाली नागरिकलाई सह्य नहुने चेतावनी दिए ।
उनले भने, ‘नक्कली भूटानी शरणार्थीको केस जुन छ अहिले, यो एउटा लज्जास्पद कुरा हो, देशको अस्मिता गएको छ । संलग्न देखिएका मानिसलाई धिक्कार छ । यो लज्जास्पद छ । यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अुनसन्धान प्रक्रियालाई पूर्ण रुपले टुंगोमा लैजानबाट वञ्चित गरियो भने नेपाली नेपाली जनताले सहन गर्नेवाला छैनन् । आन्दोलनको सम्भावना छ । यो आजको सरकार र प्रहरीले सुनोस् ।’
पूर्वप्रधानमन्त्री खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरुको समीक्षा हुन जरुरी रहेको बताए । उनले उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनलै घण्टी अराजकताको संकेत भएको बताए। उनले आन्दोलनमा ठूलो भुमिका खेलको पार्टीहरुले देशको विकासका लागि महत्वपूर्ण भुमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ जेठ २०८०, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ’ : झलनाथ खनाल
'एमालेले निकाले पनि भीम रावल देशभक्त नेता हो’ : झलनाथ खनाल
लिपुलेकमात्र होइन, सुगौली सन्धिअघिका सबै भू-भाग नेपालकै हुन्: झलनाथ खनाल
झलनाथ र खड्गबहादुर विश्वकर्माबिच छलफल
माधव नेपाललाई भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, तर गलत बुझियो : झलनाथ खनाल
दलहरू मुलुकको आर्थिक तथा सामाजिक सुधारका लागि गम्भीर हुनुपर्छ : नेता खनाल