काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले चीन नेपालको भरपर्दो र विश्वासिलो साझेदार भएको बताएका छन्।
‘चिनियाँ कम्युनिस्ट पार्टीको १०५ वर्ष: ऐतिहासिक अनुभव र नेपालको विकास’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेपाल ‘एक चीन नीति’ प्रति सदैव प्रतिबद्ध रहेको बताए।
उनले नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने प्रस्ट पारे। सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा व्यक्त भएको नेपाललाई भूपरिवेष्ठितबाट भूजडित मुलुक बनाउने दृष्टिकोणलाई साकार पार्न बीआरआई अन्तर्गतका आयोजनाहरूलाई तीव्रता दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असार २०८३, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ : झलनाथ खनाल
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल