काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी आन्तरिक बैठकमा वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन परिणामसम्बन्धी स्वतन्त्र मूल्यांकनसहितको दस्तावेज पेश गरेका छन्।
उक्त समीक्षामा हालै सम्पन्न फागुन २१ को निर्वाचनमा वामपन्थी शक्तिको पराजयका कारणहरूबारे विश्लेषण गरिएको छ।
खनालले जनस्तरबाट वामपन्थी शक्तिप्रति देखिएको अपेक्षालाई सम्बोधन गर्न नसक्नु मुख्य कारणका रूपमा औँल्याएका छन्। उनले राजनीतिक प्रतिबद्धता र कार्यान्वयनबीचको अन्तरले मतदातामा निराशा बढाएको उल्लेख गरेका छन्।
त्यसैगरी, उनले आफ्नो प्रतिवेदनमा भदौ २३ र २४ मा देखिएको ‘जेन जेड’ आन्दोलनको प्रभाव, त्यसबाट उत्पन्न सामाजिक-राजनीतिक वातावरण, साथै विभिन्न आन्तरिक तथा बाह्य पक्षहरूको समर्थन र प्रविधिको उपयोगले राष्ट्रिय स्वतन्त्र पार्टी लाई निर्वाचनमा सफलता दिलाएको निष्कर्ष प्रस्तुत गरेका छन्।
उक्त दस्तावेज पार्टीभित्र निर्वाचनपछिको रणनीतिक पुनरावलोकन तथा भावी दिशा तय गर्ने सन्दर्भमा छलफलका लागि पेश गरिएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ बैशाख २०८३, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता