काठमाडौं । अबरुद्ध संसद सुचारु गर्ने बिषयमा प्रमुख तीन दल छलफलमा जुटेका छन् ।
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शिर्ष नेतासहित प्रमुख सचेतकहरुको सहभागिता रहेको छ ।
नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले ओली सरकारमा पशुपतिनाथमा राखिएको सुनको जलहरीमा अनियमितता भएको र त्यसमा ओलीको संलग्नता रहेको भन्दै बिषय उठाए पछि एमालेले सो बिषयमा माफी माग्नु पर्ने तथा छानबिन गर्नुपर्ने माग राखेको थियो ।
माओवादीले अनावश्यक आरोप लगाएको भन्दै एमालेले संसद अबरुद्ध गरे पछि हिजो २० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नै हुन नसके पछि आज ४ बजेका लागि बोलाईएको छ ।
सरकारले पेश गरेको नीति तथा कार्यक्रम माथी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसुची भए पनि एमालेको अबरोधका कारण हिजो सम्भव हुन सकेको थिएन ।
आज अबरुद्ध संसद खुलाउनका लागि कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालसहित बैठक सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ जेठ २०८०, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिडिया काउन्सिल विधेयक संसदमा दर्ता गर्ने तयारी
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता संसदमा पेश
सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले गर्यो संसदको वेल घेराउ
विश्वासको मत माग्दै के भने प्रधानमन्त्रीले ? (पूर्णपाठ)