काठमाडौं । अबरुद्ध संसद सुचारु गर्ने बिषयमा प्रमुख तीन दल छलफलमा जुटेका छन् ।
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शिर्ष नेतासहित प्रमुख सचेतकहरुको सहभागिता रहेको छ ।
नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले ओली सरकारमा पशुपतिनाथमा राखिएको सुनको जलहरीमा अनियमितता भएको र त्यसमा ओलीको संलग्नता रहेको भन्दै बिषय उठाए पछि एमालेले सो बिषयमा माफी माग्नु पर्ने तथा छानबिन गर्नुपर्ने माग राखेको थियो ।
माओवादीले अनावश्यक आरोप लगाएको भन्दै एमालेले संसद अबरुद्ध गरे पछि हिजो २० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नै हुन नसके पछि आज ४ बजेका लागि बोलाईएको छ ।
सरकारले पेश गरेको नीति तथा कार्यक्रम माथी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसुची भए पनि एमालेको अबरोधका कारण हिजो सम्भव हुन सकेको थिएन ।
आज अबरुद्ध संसद खुलाउनका लागि कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालसहित बैठक सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ जेठ २०८०, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षासहित चारवटा समितिका बैठक बस्दै
सामाजिक सञ्जालमा महिला सांसदबारे भइरहेको प्रचारप्रति संसदमा आपत्ति
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको विपक्षीको आरोप
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न