काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये परीक्षाको परिणाम फेरबदल, राजश्व चुहावट र घुस तथा रिसवत लिई भष्टाचार गरेकोसम्बन्धी मुद्दाहरूको फैसलाविरुद्ध शुक्रवार सर्वाेच्चमा पुनरावेदन दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार परीक्षाको परिणाम फेरबदल गरेर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएका त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहितको फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावेदन गरिएको हो ।
अख्तियारले त्रिवि सेवा आयोगका अध्यक्ष शर्मासहित सदस्य चिन्तामणी पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोईराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी ईन्दिरा तिवारी भन्तना, त्रिविका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह–प्राध्यापक राजेश्वर न्यौपाने, सह–प्राध्यापक तारा प्रकाश पौडेल र रामबहादुर पाण्डे क्षेत्रीलगायतले परीक्षाको परिणाम फेरबदल गरेर भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ जेठ २०८०, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापान लक्षित भाषा परीक्षणसम्बन्धी रिट निवेदन सर्वोच्चबाट अस्वीकृत
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
आधिकारिकताको माग गर्दै देउवा पक्ष सर्वोच्चमा
पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै
संसद् पुनः स्थापनाका लागि एमाले सर्वोच्च जाने