काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईँमाथि अनुसन्धान गरी कारबाही अघि बढाउनु भन्ने निर्वाचन आयोगको निर्णयको फाइल मगाउन आदेश गरेको छ ।
न्यायाधीशहरू डा. नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले ४ फागुन, २०८२ मा निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर काठमाडौँलाई पठाएको पत्रको फाइल मगाएको हो ।
त्यही निर्देशनका आधारमा आफूहरूले प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गरेको जिल्ला प्रहरी परिसर काठमाडौँको दाबी थियो ।
सर्वोच्च अदालतले यसअघि नै दुर्गा प्रसाईँले पेश गरेको मुद्दाको फाइल झिकाउन आदेश दिँदै मंगलबारका लागि मुद्दाको पेशी तोक्न भनेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ फागुन २०८२, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
घण्टीमा भोट हाल्नेहरू एक महिनामै लुक्न थाले : दुर्गा प्रसाईँ