प्रदेशमा सबैभन्दा बढी जनसंख्या मोरङमा ११ लाख ४८ हजार एक सय ५६ जना छन् भने सबैभन्दा कम जनसंख्या तेह्रथुममा ८८ हजार सात सय ३१ रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस्तै झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो र तेस्रो धेरै जनसंख्या भएका जिल्ला हुन् भने कम जनसंख्या भएका जिल्लामा सोलुखुम्बु र ताप्लेजुङ क्रमशःदोस्रो र तेस्रो स्थानमा छन् ।
प्रदेशमा ५३ दशमलव चार प्रतिशत परिवारले खाना पकाउन काठ-दाउराको प्रयोग गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ । खाना पकाउन एलपी ग्यास, गुइँठा, बायोग्यास, बिजुली, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवाको क्रमशः ४१ दशमलव दुई, तीन दशमलव चार, एक दशमलव तीन, शून्य दशमलव पाँच, शून्य दशमलव शून्य चार र शून्य दशमलव दुई प्रतिशत छ ।
जनगणनाअनुसार प्रदेशमा कूल ११ लाख ९१ हजार पाँच सय ५६ परिवारमध्ये ३० दशमलव नौ प्रतिशत परिवारको मूली महिला छन् । जुन अघिल्लो जनगणनाको तुलनामा चार दशमलव छ प्रतिशत बढी छ । प्रदेशका कूल जनसंख्याको दुई दशमलव चार प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेकोमध्ये पुरुष ५३ दशमलव नौ प्रतिशत र महिला ४६ दशमलव एक प्रतिशत छन् ।
प्रदेशमा पाँच वर्ष वा सोभन्दा बढी उमेर समूहको कूल जनसंख्यामा ७९ दशमलव सात प्रतिशत साक्षरता रहेकोमध्ये पुरुषको ८६ दशमलव एक प्रतिशत र महिला ७३ दशमलव छ प्रतिशत छ । प्रदेशमा २८ दशमलव दुई प्रतिशतले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन् भने कक्षा ६ देखि ८ सम्म उत्तीर्ण गर्ने २० दशमलव एक प्रतिशत, एसइई वा सोसरह उत्तीर्ण गर्ने ११ दशमलव तीन प्रतिशत र एसइईभन्दा माथिल्लो तह उत्तीर्ण गर्ने १६ दशमलव सात प्रतिशत छन् ।
प्रदेशमा पाँच वर्ष वा सोभन्दा कम उमेरका कूल चार लाख ६२ हजार छ सय २५ जना बालबालिकामध्ये ७० दशमलव आठ प्रतिशतको जन्मदर्ता गरेको देखिन्छ भने २९ दशमलव दुई प्रतिशतको जन्मदर्ता नभएको देखिन्छ ।प्रदेशमा पहिलो विवाह गर्दाको औसत उमेर २० वर्ष रहेको छ ।
जसमा पुरुषको २२ वर्ष र महिला १९ वर्ष छ । प्रदेशमा विद्युत् प्रयोग गर्ने परिवारको संख्या ९३ दशमलव सात प्रतिशत छ । जुन २०६८ को जनगणनामा यस्तो संख्या ६५ दशमलव आठ प्रतिशत थियो । प्रदेशमा स्मार्टफोन भएका परिवार ७४ दशमलव दुई प्रतिशत रहेको छ भने साधारण मोबाइल फोन भएका परिवार ७२ दशमलव छ प्रतिशत छ ।महिलाका नाममा घर वा जग्गा वा दुवै हुने परिवारका संख्या २८ दशमलव चार प्रतिशत छ ।
जुन २०६८ को तुलनामा शून्य दशमलव पाँच प्रतिशत बढी छ । प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले तथ्याङ्का आधारमा राज्यले उपलब्ध गराउने सेवासुविधा तथा कृषि, उद्योग, उत्पादकत्व, बजार व्यवस्थामा सहयोग पुग्ने विचार राखे । राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख मुन्नीकुमारी चौधरी, कार्यालयका निर्देशक केशवकुमार गौतम र अधिकृत नन्दलाल सापकोटाले योजना निर्माण, विकास र शान्ति सुरक्षामा तथ्याङ्क उपयोगी हुने विचार राखे ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ११ जेठ २०८०, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग