गोरखा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा निर्दाेष नफस्ने र दोषी नछुट्ने बताएका छन् ।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश तथा गोरखा जिल्ला समन्वय समितिको वार्षिक साधारण सभालाई गोरखामा सम्बोधन गर्दै उनले तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाएर कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढेको बताएका छन् ।
‘आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर अर्काे देशको शरणार्थी बनाउँदै विदेश पठाउने षड्यन्त्र गरी पैसा र सम्पत्ति आर्जन गर्ने काम भयो, त्यसमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडी बढाएर कानूनको दयरामा ल्याउने प्रक्रिया अघि बढाएका छौं,’ उनले भने, ‘कोही निर्दाेष फस्ने छैन, कुनै दोषीले छुटकारा पाउने छैनन् ।’विना पूर्वाग्रह स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीलाई स्पष्ट निर्देशन दिइएको उनले जानकारी दिए । निर्दाेषलाई सामाजिक प्रतिष्ठामा आँच आउने र अनावश्यक दुःख दिने गरी तान्ने काम गर्न नहुने उनको भनाइ छ ।
नेपाल प्रहरीको प्रतिष्ठा र गौरवलाई नयाँ उचाइमा पुर्याउने गरी भ्रष्टाचार र अपराध नियन्त्रणका गतिबिधी अघि बढ्ने उनले बताए ।‘एउटा सन्दर्भमा मात्र होइन, जहाँ जहाँ गडवढी छ, भ्रष्टाचार भएको छ, जहाँ जहाँ अपराध छ, त्यो लुक्न पाउने छैन, अपराधी भ्रष्टाचारी, कालोबजारी, तस्कर, ठग सबैलाई प्रहरी अगाडी आत्मसमर्पण गर्ने अवस्था सृजना गर्छाै,’ उनले भने । भ्रष्टाचार बिरोधी अभियानलाई दृढ रुपमा अघि बढाइने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’