काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दातृ समुदायसमक्ष देशभित्र राजश्व संकलन गर्न कठिनाइ परिरहेको भन्दै गुनासो सुनाएकोमा आपत्ति जनाएका छन् ।आइतबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १ गते कूटनीतिक समुदायलाई गरेको ‘ब्रिफिङ’मा राजस्व संकलन गर्न कठिनाइ भएको बताएको भन्दै आपत्ति जनाएका हुन् ।
'सरकार प्रमुखले दातृसमुदायसँग राजस्व संकलन गर्न कठिनाइ भएको उल्लेख गर्न मिल्छ ? राजस्व संकलन गर्न पनि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न मिल्छ ? राजस्व उठाउने अनिवार्य कर्तव्य सरकारकै होइन् र ?' ओलीले भने ।राजश्व संकलन देशको आन्तरिक विषय भएको उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी