काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दातृ समुदायसमक्ष देशभित्र राजश्व संकलन गर्न कठिनाइ परिरहेको भन्दै गुनासो सुनाएकोमा आपत्ति जनाएका छन् ।आइतबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १ गते कूटनीतिक समुदायलाई गरेको ‘ब्रिफिङ’मा राजस्व संकलन गर्न कठिनाइ भएको बताएको भन्दै आपत्ति जनाएका हुन् ।
'सरकार प्रमुखले दातृसमुदायसँग राजस्व संकलन गर्न कठिनाइ भएको उल्लेख गर्न मिल्छ ? राजस्व संकलन गर्न पनि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न मिल्छ ? राजस्व उठाउने अनिवार्य कर्तव्य सरकारकै होइन् र ?' ओलीले भने ।राजश्व संकलन देशको आन्तरिक विषय भएको उनकाे भनाइ छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसलाई किन उक्साउँदै छन् ओली ? यस्ता छन् तीन कारण
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली