काठमाडौँ । पूर्वअर्थमन्त्री समेत रहेका सांसद जनार्दन शर्माले आगामी बजेटमा रोजगारी वृद्धि र उत्पादन सृष्टि गर्ने कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्दै शर्माले आर्थिक संकुचनको बेला अर्थतन्त्रमा सुधार गर्न सरकारी खर्च बढाउनुपर्ने बताएका हुन् । सांसद शर्माले समग्र आर्थिक अवस्थामा संकुचन आएको अवस्थामा बजेट निर्माण महत्त्वपूर्ण पक्ष भएको बताउँदै आगामी बजेट नियन्त्रित र विस्तारकारित बनाउन आवश्यक रहेको बताए ।
उनले भने,‘निश्चित क्षेत्रमा विस्तारकारित बनाउनुपर्छ भने अन्य क्षेत्रमा खर्च कटौती र नियन्त्रण गर्नुपर्दछ । वर्तमान अवस्थामा देखिएका आर्थिक संकुचन र निकट भविष्यमा आउँदै गरेको वित्तीय क्षेत्रको चुनौतीलाई गम्भीर भएर सोचौं र आर्थिक संकुचनबाट जोगाउँदै अर्थतन्त्रलाई पुनः बजेट नै सबैभन्दा महत्त्वपूर्ण कार्यनीति भएकोले अर्थतन्त्रको संकुचनलाई देखाएर बजेट घटाउन थालियो भने अर्थतन्त्र झन् संकुचनतर्फ जान्छ । किनकि अर्थतन्त्रलाई संकुचनबाट वृद्धितर्फ लैजान सरकारी खर्च बढाउनुबाहेक अन्य कुनैपनि रणनीति हुन सक्दैन ।’
आर्थिक गतिविधि बढाउनका लागि बजेट व्यवस्थाको स्रोतलाई ध्यान दिन आवश्यक रहेको सांसद शर्माले बताए । यसका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । सरकारी स्रोत व्यवस्थापनको चुनौती भएपछि निजी क्षेत्रको प्रवर्द्धनले निजी क्षेत्रलाई राहत पुग्ने बताए । अर्कोतर्फ निजी क्षेत्र चलायमान हुँदै गएपछि मात्र सरकारले आम्दानी सुनिश्चित गर्ने बताए । साथै बजेट बनाउनुपूर्व सबै मन्त्रालय र संस्थाहरुको १० प्रतिशत चालू खर्च कटौती गर्ने योजनाको पुर्नप्राथमिकीकरण गर्ने, रोजगारी वृद्धि उत्पादन सृष्टि गर्ने कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे ।
सांसद शर्माले नेपालसँग प्राकृतिक स्रोतसाधन प्रशस्त रहेको, पर्यटनको अथाह सम्भावना, जंगल, खानी, पशुपति, लुम्बिनी, मुक्तिनाथ, लिमीभ्यालीका साथै युवाबहुल श्रमशक्ति रहेको बताउँदै विकास र समृद्धिमा फड्को मार्न किन सकेनौँ भन्दै प्रश्न गरे । उनले यसको कारण पहिचान गर्नुपर्ने बताउँदै हामीसँग उपलब्ध स्रोत र साधन श्रमको सही सदुपयोग गर्न सही दृष्टिकोण, क्षमता र व्यवस्थापकीय दक्षताको अभाव रहेको बताए । साथै उनले भ्रष्टाचार र ठगीविरुद्ध सरकारको कारबाही स्वस्थ निष्कर्षका साथ अगाडि बढ्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा