काठमाडौं । निर्वाचन आयोग मतपेटिकासहित निर्वाचन सामग्रीको मौज्दात संकलन गर्दैछ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि के कस्ता सामग्री छन् र के कति आवश्यक रहेको छ भनेर आयोगले विवरण संकलन गर्न थालेको हो ।
आयोगका प्रवक्ता सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई निर्वाचन पूर्वको तयारीका सम्बन्धमा आयोगले काम गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘जिल्ला-जिल्लाामा रहेका मतपेटिका लगायतका सामग्री कति छन्, कति काम लाग्ने अवस्थमा छन् । कति थप चाहिन्छ भनेर हेरिरहेका छौं । त्यसका आधारमा बजेटिङ गर्नुपर्यो ।’
१६ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने अवस्थाका लागि प्रचलित व्यवस्थामा सुधारका लागि समेत आयोगले प्रस्ताव गरेर गृहमन्त्रालय पठाएको छ । गृह मन्त्रालयले निर्वाचन ऐनमा संशोधन गर्ने गरी अध्यादेश ल्याउने तयारी समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असोज २०८२, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह