काठमाडौँ । निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन लिएर पुग्नेको संख्या १७ पुगेको छ । आयोगका अनुसार १७ वटै दल दर्ताको प्रक्रियामा रहेका छन् ।
निर्वाचन आयोगका अनुसार जेनजी आन्दोलन अगाडि दल दर्ताका लागि दश वटा निवेदन परेका थिए । जेनजी आन्दोलनपछि थप सात दल दर्ताका लागि निवेदन परेको छ । १७ वटै निवेदनमाथि आयोग अध्ययनको क्रममा छ ।
दर्ता भएका दलको संख्या १२४ रहेको छ । निवेदन दिएका सबै दल दर्ता भए दलको संख्या अझ बढ्नेछ ।
यस बीचमा दुई वटा पार्टी फुटेर दर्ता भएका छन् । जनमत पार्टी फुटेर जनस्वराज पार्टी दर्ता भएको छ । नेपाल जनमुक्ति पार्टी फुटेर नयाँ दल दर्ता भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ कार्तिक २०८२, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१६५ सिटका लागि साढे २ हजार भन्दा बढीको उम्मेदवारी
तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान
भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने
निर्वाचन आयोगले गगन थापालाई मान्यता दिने सूचना शुक्रबार दिउँसै देउवालाई थियो