प्रचण्डको सचिवालयबाट गंगाले दिइन् राजीनामा

सफल खबर संवाददाता

सोमबार, ०३ कार्तिक २०८२, १४ : ३०
प्रचण्डको सचिवालयबाट गंगाले दिइन् राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिएकी छिन् ।

आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारणले आफूले राजीनामा दिएको गंगाले बताएकी छिन् ।

‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु,’ उनले भनेकी छिन् ।

पार्टीमा जिम्मेवार कार्यकर्ता भएर सधैं क्रियाशील रहने पनि उनले बताएकी छिन् । ‘पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेताहरू, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ उनले भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस