काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशमा शान्ति सुव्यवस्था भएको तर अहिले त्यो भंग भएको दाबी गरेका छन् ।
आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले अहिले देशमा त्रासको वातावरण भएको बताए ।
उनले आफू देश र जनताप्रति पूर्ण बफादार भएको दाबी गरे । कसैलाई मन परे पनि नपरे पनि उक्त बफादारिता नछाड्ने उनले बताए ।
‘शान्ति सुव्यवस्था थियो । भंग भएको छ । निर्धक्क वातावरण थियो । त्रासदी छ । देश विकासको बाटोमा अघि बढ्दै थियो । सार्वभौमसत्ताको संरक्षण गरेर अघि बढ्दै थियो । त्यो भताभुंग भएको छ । अस्थिरतामा गएको छ,’ ओलीले भने, ‘अनिश्चयमा गएको छ । मेरो बफादारिता कसैलाई मन परे पनि नपरे पनि यस देश, जनताप्रति मेरो बफादारिता छ । त्यसकारण मैले भनेका मूल्य मान्यता मेरा निष्ठाका विषय हुन् । म पर्नु नपर्नु व्यक्तिगत च्वाइसका कुरा हुन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ कार्तिक २०८२, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
२३-२४ भदौको घटनाबारे मानव अधिकार आयोगले लियो ओलीको बयान
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?
‘जेलब्रेक गर्नेहरूलाई अगुवा बनाएर अगाडि बढ्न खोजियो’ : ओली
सेनाको हेलिकप्टरमा भागेको १०९ दिनपछि बालुवाटार पुगे ओली
देउवा, ओली र प्रचण्डलाई भेट्दै संचारमन्त्री खरेल