काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नभएको बताएका छन् ।
ओलीमाथि अनुसन्धान हुनसक्ने संकेत गर्दै उनले अब पहिलेजस्तो नहुने बताएका हुन् ।
सोमबार विपिन जोशीको श्रद्धाञ्जली सभामा जानेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ओलीलाई बाहिर जान नदिने कुरा सरकारले नभएर न्यायिक जाँचबुझ आयोगले भनेको प्रष्ट पारेका छन् ।
ओलीले गृहमन्त्रीलाई बाहिर जानबाट रोक्न चुनौती दिएको बारे सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘आयोगले गरेको हो ।आयोगलाई भन्नुपर्यो नि, सरकारले गरेको होइन नि उहाँलाई ।’
ओलीले आफूलाई समाएर देखाउन चुनौती दिएको प्रश्नमा गृहमन्त्री अर्यालले भने, ‘त्यो कानुन मान्दिनँ भनेको हो उहाँले ।’
अर्यालले थपे, ‘केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने, पहिलाको त्यस्तो थियो, अब त्यस्तो हुँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ कार्तिक २०८२, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री अर्यालद्वारा १९१ दिनको कार्यकालको उपलब्धि विवरण सार्वजनिक
निर्वाचनमा नयाँ मानक स्थापित गरेको गृहमन्त्री अर्यालको दाबी
निर्वाचनमा नयाँ मानक स्थापित गरेको गृहमन्त्री अर्यालको दाबी
गृहमन्त्री अर्याल र प्रधान सेनापतिबीच छलफल
गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रिय सभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस