काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि सनाखत गरेका छन् ।
श्रम संस्कृति पार्टी दर्ताका लागि यस अघि आयोगमा निवेदन पेश भएकोमा आयोगले सनाखत गर्न बोलाएपछि साङपाङ आइतबार बिहान आयोगमा पुगेर दल दर्ता प्रक्रियाका लागि सनाखत गरेर फर्किएका हुन् ।
उक्त पार्टीका पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यले दल दर्ता प्रक्रियाका लागि अहिले सनाखत गरिरहेका आयोगले जनाएको छ । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यले आयोगमा पुगेर सनाखत गरे पनि साधारण सदस्यलाई सनाखत गर्नका लागि भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा विवरण पठाइएको छ ।
उनीहरूले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्नेछन् । त्यहाँबाट सनाखत गर्ने कार्य पुरा भएर विवरण आयोगमा आएपछि दल दर्ताको प्रक्रिया अन्तिम चरणमा पुग्नेछ । त्यसपछि आयोगको बैठक बसेर दल दर्ता गर्ने निर्णय गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ कार्तिक २०८२, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङले सुनसरी–१ बाट गराए मनोनयन दर्ता
धरानका मेयर हर्क साम्पाङले दिए पदबाट राजीनामा
सुनसरी-१ बाटै चुनाव लड्ने हर्क साम्पाङको घोषणा
बालेन जहाँबाट उठे पनि चुनाव हराउने हर्क साम्पाङको चेतावनी
श्रम संस्कृति पार्टी कसैसँग नमिल्ने हर्क साम्पाङको स्पष्टीकरण
बालेनलाई प्रधानमन्त्री बनाउने सहमतिलाई हर्क साम्पाङले यसरी हाँसोमा उडाए