काठमाडौं।भक्तपुर सूर्यविनायक नगरपालिकामा एक युवती झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् ।उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।प्रहरीका अनुसार सूर्यविनायक–७ गुण्डुकी २४ वर्षीया सुस्मिता खड्का घरको भ¥याङमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सुस्मिताको यही वैशाख २८ गते विवाह तय भएको थियो ।
दक्षिणकाली नगरपालिका–८ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–९ बस्ने २८ वर्षीय मनोज अधिकारीसँग विवाह तय भएको प्रहरीले जानकारी दिएको छ ।घटनास्थलमा ‘आफैँ झुण्डिएकाले पीर नगर्नू’ भन्ने सुसाइड नोटसमेत भेटिएको भक्तपुर प्रहरी प्रमुख एसपी प्रजित केसीले नेपाल प्रेसलाई जानकारी दिए । ‘घटनास्थलको मुचुल्का तयार पारी, जाहेरीलगायतको काम पूरा गरि पोष्टमार्टमका लागि पठाएका छौं । अनुसन्धान भइरहेको छ’, केसीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ बैशाख २०८०, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको जङ्गलमा एक पुरुष मृत फेला
महिला झुण्डिएको अवस्थामा मृत फेला
कलाकार अभिनास झाकी पत्नी मृत फेला
कैलालीमा १६ दिनकी सुत्केरी नालामा मृत फेला
अस्पतालको गेट अगाडि ४५ वर्षीय पुरुष मृत फेला
रुपन्देहीमा युवती जलेको अवस्थामा मृत फेला