काठमाडौँ। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मिटरब्याजी पीडितले अघि सारेका मागका विषयमा सरकारसँग छलफल गर्ने बताएका छन् । सोमबार काठमाडौंको शान्तिबाटीकामा मिटरब्याजी पीडितसँग कुराकानी गर्दै भट्टराईले उनीहरूले अघि सारेका मागहरू जायज भएकाले यस विषयमा सरकारसँग छलफल गर्ने बताएका हुन् । बाध्यतामा परि ऋण लिएका किसानहरूको घरखेत नै बेच्नुपर्ने गरि सुदखोरले असुली गर्ने काम सदाका लागि बन्द हुनुपर्ने उनले बताए ।
भट्टराईले मिटरब्याजी सम्बन्धी सरकारले गठन गरेको आयोगको कार्यदिशालाई बलियो बनाउनुपर्ने मिटरब्याजी पीडितको माग जायज भएको धारणा राखे । जाली तमसुकका कारण मुद्दा खेप्न बाध्य भएकाले अहिलेलाई मुद्दाहरू स्थगित गराउँदै जाली तमसुक आयोगलाई बुझाउने र जाँचबुझ गरेर मात्रै हल गर्ने विषयमा सरकारसँग कुरा गर्ने उनले बताए ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष बिभिन्न ६ बुँदे माग राख्दै आएको छ । चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगायतमा माग राख्दै पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । यसअघि सरकारसँग भएको वार्ता असफल भएपछि मिटरब्याजी पीडित शान्तिबाटीकामा बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र प्रचण्डले आलोचकलाई स्टालिनले झैं राजनीतिक सफाया गर्न थाले : बाबुराम भट्टराई
पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेमा सक्रिय हुनु जबज विरोधी हुन्छ : बाबुराम भट्टराई
कुलिङ पिरियडमा जालसाझी विश्वकै लाजमर्दो राजनीतिक ठगी : बाबुराम भट्टराई
नयाँ शक्तिहरू किन अलमलमा पर्यो विमर्ष गर्ने धेरै पाटा छन्: बाबुराम भट्टराई
‘बुढीगण्डकी आयोजनाको हत्या, राष्ट्रघाती निर्णय’ : बाबुराम भट्टराई
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई