नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, ४९ रुपैयाँमा १०० मिनेट भ्वाइस सेवा

सफल खबर संवाददाता

आइतबार, १७ बैशाख २०८०, १२ : १४
नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, ४९ रुपैयाँमा १०० मिनेट भ्वाइस सेवा

काठमाडौँ । नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ । टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२३ (आईसीटी डे) को अवसरमा ग्राहकहरुका लागि अफर ल्याएको हो । यो अफर आइतबारदेखि वैशाख १९ सम्म लागु हुनेछ । अफर भ्वाइस र डाटा प्याकेजमा उपलब्ध गराइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस अन्तर्गत रु। ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध रहेको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 

यसैगरी डाटा प्याकेज अन्तर्गत रु। ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु। १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु। २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु। ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध रहेको उनले बताए ।  ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस वैशाख १९ गते मनाइदै छ ।

प्रतिक्रिया दिनुहोस