काठमाडौँ । नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ । टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२३ (आईसीटी डे) को अवसरमा ग्राहकहरुका लागि अफर ल्याएको हो । यो अफर आइतबारदेखि वैशाख १९ सम्म लागु हुनेछ । अफर भ्वाइस र डाटा प्याकेजमा उपलब्ध गराइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस अन्तर्गत रु। ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध रहेको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
यसैगरी डाटा प्याकेज अन्तर्गत रु। ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु। १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु। २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु। ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध रहेको उनले बताए । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस वैशाख १९ गते मनाइदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ बैशाख २०८०, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने
नेपाल टेलिकमको खुद मुनाफामा करिब १३ प्रतिशतको गिरावट
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या