प्रचण्ड नेतृत्वको सरकार सुशासन र समृद्धिको बाटोमा अगाडि बढिरहेको ३१ दाबी

सफल खबर संवाददाता

आइतबार, १७ बैशाख २०८०, ०९ : ४१
प्रचण्ड नेतृत्वको सरकार सुशासन र समृद्धिको बाटोमा अगाडि बढिरहेको ३१ दाबी

काठमाडौ । प्रचण्ड नेतृत्वको सरकार सुशासन र समृद्धिको बाटोमा अगाडि बढिरहेको ३१ दाबी गरिएको छ ।

१. वित्तीय तथा मौद्रिक नीतिमा खुकुलोपन ल्याई व्यावसायीहरूको हित संरक्षण भएको छ।
२. पर्यटक आगमन बढेको छ, रेमिट्यान्स बढेको छ, व्यापारघाटा कम भएको छ।
३. विदेशी मुद्राको सञ्चिति उकालो लागेको छ, जिडिपीमा वृद्धि भएको छ। 
४. बैंकको ब्याजदरमा सुधार आएको छ। लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको छ।
५. राजस्व संकलनमा वृद्धि भएको छ। चोरी निकासी नियन्त्रण भएको छ।
६. विदेशमा रहेका १५ लाख नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको छ।
७. विदेशस्थित नेपाली दुतावासहरूमा श्रमिक हेल्प डेस्क रहने व्यवस्था गरिएको छ।
८. राहदानी नवीकरण विदेशबाटै गर्न सकिने भएको छ। प्रदेशबाटै श्रम स्वीकृति लिन सकिने भएको छ।
९. श्रम स्वीकृति दिन २ वर्षे विद्यमान प्रावधानलाई हटाई कार्यसम्झौताको आधारमा पूरै कार्य अवधिको लागि दिने व्यवस्था गरिएको छ।
१०. यात्री लगायत नेपालमा उत्पादित सवारीसाधनको दर्ता र प्रवर्धनको काम भइसकेको छ।
११. विदाका केही दिनमा समेत कार्यालय सुचारू गर्ने निर्णय लागू भइसकेको छ।
१२. पासपोर्ट र राष्ट्रिय परिचयपत्र लिने ठाउँका लामा–लामा लाइन हटेका छन्, सेवा चुस्त भएको छ।
१३. इतिहासमै पहिलोपटक समयअगाडि नै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन्।
१४. मिटरब्याजीका समस्या समाधानार्थ उच्चस्तरीय आयोग बनाई काम सुरू गरिएको छ।
१५. सरकारी अस्पतालको सेवा र गुणस्तरमा सुधार ल्याइएको छ।
१६. गेटा कलेजलाई मेडिकल विश्वविद्यालय बनाउने निर्णय भई काम सुरू भएको छ।
१७. भरतपुरको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिई निर्माण कार्य अगाडि बढ्दैछ।
१८. नेपाल सरकारको एकीकृत कार्ययोजना तयार भई कार्यान्वयनमा गएको छ।
१९. चालु खर्च २० प्रतिशत कटौती गरी मितव्ययी सरकारको प्रमाण प्रस्तुत गरिएको छ।
२०. राष्ट्रिय परिचयपत्र  विवरण दर्ता गर्न ७७ वटै जिल्लामा ८३० वटा स्टेशन सञ्चालन गरिएको छ।
२१. विभूषणलाई मर्यादित एवं व्यवस्थित बनाउन एक उच्चस्तरीय समिति गठन गरिएको छ।
२२. रोकिएको घरजग्गा कारोबार फुकुवा गरी अर्थतन्त्र चलायमान गराइएको छ।
२३. पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमास्थल उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ।
२४. भरतपुर विमास्थलको स्तरोन्नति गर्ने काम अगाडि बढाइएको छ।
२५. वैदेशिक रोजगारीमा फसेका र अलपत्र परेका सयौँ नेपालीको उद्दार गरिएको छ।
२६. सीमानाकामा खाद्यवस्तुको विषादी परीक्षण गर्ने निर्णय गरी कार्यान्वयनमा ल्याइएको छ।
२७. विभिन्न प्रतियोगितामा विजेता खेलाडीहरूलाई पुरस्कार र प्रोत्साहन गरिएको छ।
२८. विदेशी अनुदान र सहायतामा सुधार आएको छ। प्रतिवद्धताअनुसार लगानी जुट्दैछ।
२९. पेट्रोलियम पदार्थको मूल्य स्थीर राख्न र सम्भव भएसम्म घटाउन पहल गरिएको छ।
३०. किसानको हितलाई केन्द्रमा राखी दूधको मूल्य समायोजन गरिएको छ।
३१. पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निशुल्क उपचारको प्रबन्ध मिलाइएको छ।

 

प्रतिक्रिया दिनुहोस