पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । १२ वैशाखमा तीन दिनको समय दिएर प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । सोहीबमोजिम बिहीबार पाण्डेले कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
उनको दाबी पेसअनुसार प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ बैशाख २०८०, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती