पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । १२ वैशाखमा तीन दिनको समय दिएर प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । सोहीबमोजिम बिहीबार पाण्डेले कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
उनको दाबी पेसअनुसार प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ बैशाख २०८०, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता