पाल्पा । बुटवलबाट बाग्लुङको बुर्तिबाङ तर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस तानसेन बुटवल सडक खण्डको तिनाउँ गाउँपालिका-५ जोरधारामा आइतबार दुर्घटना भएको छ ।
आइतबार बिहान बस दुर्घटना हुँदा एक जना महिलाको उपचारको क्रममा मृत्यु भएकाे हाे । दुर्घटना परी ३५ जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही देवदह नगरपालिकाकी अन्दाजी ३६ वर्षीय राधिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भिर रहेको र अन्यको हातखुट्टा र टाउको छातिमा चोटपटक लागेको कलेजका मेडिकल सुपरिटेनडेन्ट राजु शाक्यले बताए ।
बस तीव्र गतिमा रहेको र मोडमा साईड नकटेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । बस सडकबाट करिब १ सय मिटर तल खसेको उनले बताए ।
घाइतेको उद्धारमा प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीहरु जुटेर तत्काल उद्धार गरेर लुम्बिनी मेडिकल कलेज पठाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० बैशाख २०८०, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो