पाल्पा । बुटवलबाट बाग्लुङको बुर्तिबाङ तर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस तानसेन बुटवल सडक खण्डको तिनाउँ गाउँपालिका-५ जोरधारामा आइतबार दुर्घटना भएको छ ।
आइतबार बिहान बस दुर्घटना हुँदा एक जना महिलाको उपचारको क्रममा मृत्यु भएकाे हाे । दुर्घटना परी ३५ जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही देवदह नगरपालिकाकी अन्दाजी ३६ वर्षीय राधिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भिर रहेको र अन्यको हातखुट्टा र टाउको छातिमा चोटपटक लागेको कलेजका मेडिकल सुपरिटेनडेन्ट राजु शाक्यले बताए ।
बस तीव्र गतिमा रहेको र मोडमा साईड नकटेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । बस सडकबाट करिब १ सय मिटर तल खसेको उनले बताए ।
घाइतेको उद्धारमा प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीहरु जुटेर तत्काल उद्धार गरेर लुम्बिनी मेडिकल कलेज पठाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० बैशाख २०८०, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना: कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
मेलम्चीमा बस दुर्घटना, ८ जना घाइते
श्रीलङ्कामा बस दुर्घटना : २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर घाइते
धनकुटामा बस दुर्घटना हुँदा एकजनाको मुत्यु, १४ जना घाइते
शिक्षकहरू चढेको बस दुर्घटना, १६ जना घाइते