काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्था असफल भइसकेको बताएका छन्।
नेपाली जनतालाई धेरै निराश र लज्जित बनाउने काम गरेकाले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको उनको जिकिर थियो।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशलाई स्वाधिन बनाउन र नागरिकलाई मालिक बनाउनका लागि वैज्ञानिक समाजवादको विकल्प नभएकाले त्यसका लागि बहसमा जुट्न पनि अन्य कम्युनिष्ट पार्टीहरुलाई आग्रह गरे।
जनताको शासन सत्ता ल्याउनका लागि आफ्नो पार्टीले अन्य कम्युनिष्ट पार्टीहरुसँग खुला बहस गर्न चाहेको महासचिव विप्लवको भनाइ थियो।
उनले रुसमा लेलिनको नेतृत्वमा गरिएको रुसी क्रान्तिको स्मरण गराउँदै नेपालमा पनि निराश जनतालाई माथि उठाउन जनवादी सत्ता ल्याउनुको विकल्प नभएको पटकपटक दोहोर्याए।
महासचिव विप्लवले नेपालमा वैदेशिक रोजगारी भित्र्याएर नेपाली जनतालाई पराधिन बनाउने कामको सूरुवात कांग्रेसले गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ बैशाख २०८०, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह