काठमाडौँ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको कम्युनिस्ट आन्दोलन बेथिति र व्यक्तिवादको सिकार बन्न पुगेको बताएछन् । कम्युनिस्ट एकताबाटै देशमा विकास र सम्बृद्धि हासिल हुने उनले दावी गरे । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बहुसङ्ख्यक जनताले कम्युनिस्ट पार्टीलाई किन पत्याएनन् भन्ने बारे समीक्षा गर्नुपर्ने बताएका हुन् ।
‘नेपालको कम्युनिस्ट आन्दोलनमा एकभारी बेथिति छन, व्यक्तिवादको रोग लागेको छ । सत्तामा पुगेपछि आफूलाई सर्वसत्तिशाली ठान्ने प्रवृत्ति व्याप्त छन, यी सबै कुराको सन्दर्भमा हामी कसरी असल कम्युनिस्ट हुन सक्छौं ?’ नेता नेपालले भने । नेपालमा उस्तै नामका कम्युनिस्ट पार्टी रहेपछि मिल्न नसक्नु दुखको विषय भएको उनले बताए । ‘नेपालमा उस्तै नाम गरेका कम्युनिस्ट पार्टी छन्, जुनसुकै ब्यानरमा भएपनि रातो झण्डा फहराउछन । तर जनताको बहुसंख्यक तप्काले किन पताएनन्, कम्युनिस्ट पार्टीका नेताहरू किन मिल्न सक्दैनन्, यस विषयको बारे गहन विश्लेषण किन गर्दैनन्, आफूमा सुधार गर्न नसके सिंगो देशलाई कसरी गाइड गर्छन् ?’ उनले प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ बैशाख २०८०, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल