काठमाडौँ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको कम्युनिस्ट आन्दोलन बेथिति र व्यक्तिवादको सिकार बन्न पुगेको बताएछन् । कम्युनिस्ट एकताबाटै देशमा विकास र सम्बृद्धि हासिल हुने उनले दावी गरे । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बहुसङ्ख्यक जनताले कम्युनिस्ट पार्टीलाई किन पत्याएनन् भन्ने बारे समीक्षा गर्नुपर्ने बताएका हुन् ।
‘नेपालको कम्युनिस्ट आन्दोलनमा एकभारी बेथिति छन, व्यक्तिवादको रोग लागेको छ । सत्तामा पुगेपछि आफूलाई सर्वसत्तिशाली ठान्ने प्रवृत्ति व्याप्त छन, यी सबै कुराको सन्दर्भमा हामी कसरी असल कम्युनिस्ट हुन सक्छौं ?’ नेता नेपालले भने । नेपालमा उस्तै नामका कम्युनिस्ट पार्टी रहेपछि मिल्न नसक्नु दुखको विषय भएको उनले बताए । ‘नेपालमा उस्तै नाम गरेका कम्युनिस्ट पार्टी छन्, जुनसुकै ब्यानरमा भएपनि रातो झण्डा फहराउछन । तर जनताको बहुसंख्यक तप्काले किन पताएनन्, कम्युनिस्ट पार्टीका नेताहरू किन मिल्न सक्दैनन्, यस विषयको बारे गहन विश्लेषण किन गर्दैनन्, आफूमा सुधार गर्न नसके सिंगो देशलाई कसरी गाइड गर्छन् ?’ उनले प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ बैशाख २०८०, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव
इतिहासका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ : माधव नेपाल