काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा राजनीतिक स्थिर हुन नसकेका कारण अनेक समस्या उत्पन्न भएको बताएका छन् ।
जनप्रचार तथा प्रकाशन प्रालिले बुधबार काठमाडौंमा गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व विषय अन्तरक्रिया कार्यक्रममा विप्लवले कुनै एक सरकारले पूर्णकालीन काम गर्न नपाउने गरि मुलुकमा राजनीतिक अस्थिरता देखिएको र यसको असर मुलुकको आर्थिक लगायत बिभिन्न क्षेत्रमा देखिएको बताएका हुन् ।
अहिले पनि पछिल्लो निर्वाचनपछि सरकारले पूर्ण आकार पाउन नपाउँदै सरकार परिवर्तनको खेल सुरु भइसकेको उनले बताए । उनले पछिल्लो १५ वर्ष मुलुकको नेतृत्वमा बसेकाहरूले देशलाई अघि बढाउन नसकेको आरोप लगाए । मुलुकको राज्यप्रणाली संकटग्रस्त भए उद्धारका नाममा आउने विदेशी शक्तिहरूले सम्पूर्ण देश नै कब्जा गर्ने खतरा रहेको उनको भनाइ छ ।
फरक प्रसंगमा विप्लवले मुलुकको परिवर्तनका लागि योगदान गर्नेहरूलाई अपराधिकरण गर्न खोजिए दुर्दशा निम्तने चेतावनी दिए । उनले परिवर्तनका अगुवालाई अपराधी घोषित गर्न खोजिए कांग्रेस एमाले लगायतका कोही नेता नबच्ने स्पष्ट पारे ।
उनले एकतावद्ध भएर संकटलाई निकास दिन आफ्नो पार्टी तयार रहेको जिकिर गरे । अहिलेको राज्य प्रणालीले जनचाहनाको प्रतिनिधित्व गर्न नसकेको प्रति सिंगो समाज प्रष्ट रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ बैशाख २०८०, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वपक्षीय सरकार गठन गर्न ‘विप्लव’ नेतृत्वको नेकपाको माग
नयाँ कम्युनिस्ट केन्द्र बनाउने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय
‘विप्लव’ नेतृत्वको नेकपाद्वारा विचार मिल्नेसँग एकता गर्न वार्ता टोली गठन
भ्रष्टाचारले नेपाल खायो : विप्लव
‘प्रचण्ड’ले ‘विप्लव’लाई सुनाए नेकपासँग एकता गर्ने पार्टीको निर्णय
८४ को चुनावमा आफ्नो विचारको बलमा प्रतिस्पर्धा गर्छौँ : विप्लव