काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ६ वटा संस्थालाई उपनिर्वाचनको पर्यवेक्षण गर्न अनुमति प्रदान गरेको छ । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को दफा ८ उपदफा (२) बमोजिम जाँचबुझ गर्दा ६ वटा संस्थाहरुले आवश्यक प्रक्रिया पूरा गरेको पाइएकोले सोही निर्देशिकाको दफा १० को उपदफा (१) बमोजिम पर्यवेक्षण गर्न अनुमति दिने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनकाअनुसार आयोगमा ७ वटा निवेदन आएपछि एउटाको हकमा प्रक्रिया पुरा नगरेकाले अनुमति दिइएको छैन । चैत २८ गतेको बैठकबाट निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थाहरूमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्व न्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल रहेका छन् ।
ती संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाइ सिफारिश भइ आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइने पौडेलले जानकारी दिए ।
आगामी वैशाख १० गते आइतबार बारा २, तनहुँ १ र चितवन २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ चैत्र २०७९, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश